PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

टर्कीको एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु, दर्जनौँ व्यक्ति बेपत्ता



पहिलोपोस्ट

टर्कीको एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु, दर्जनौँ व्यक्ति बेपत्ता
Photo: GETTY IMAGES

उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति फसेका छन्

विस्फोटको समयमा खानीमा करिब ११० जनाले काम गरिरहेका थिए। जसमध्ये झन्डै आधा कामदार ३०० मिटरभन्दा बढीको गहिराइमा थिए।

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले ११ जना कामदारको उद्धार गरिएको र उनीहरुको उपचार भइरहेको बताएका छन्। आपतकालीन कामदारहरूले फसेकाहरुसम्म पुग्न चट्टान खन्ने प्रयास गरिरहेका थिए।

ब्ल्याक सीको तटस्थित अमास्रामा रहेको खानीमा उद्धारकर्ताहरूले कामदारको उद्धार गरिरहेको सार्वजनिक भिडियो भिडियोमा देख्न सकिन्थ्यो।

बेपत्ता भएकाहरुका परिवार र साथीहरूलाई पनि खानीमा देख्न सकिन्थ्यो। उनीहरु उत्सुकतापूर्वक आफ्ना प्रियजनहरूको खबरको पर्खाइमा थिए।

विस्फोट करिब ३०० मिटर गहिराइमा भएको अनुमान गरिएको छ । आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुका अनुसार करिब ४९ जना कामदारले ३०० देखि ३५० मिटर (९८५ देखि ११५० फिट) को ‘जोखिमपूर्ण’ क्षेत्रमा काम गरिरहेका थिए।

विस्फोटको मुख्य कारण भने खुल्न सकेको छैन। यस घटनामा अनुसन्धान सुरु गरिएको छ।

टर्कीका ऊर्जा मन्त्रीले कोइला खानीमा मिथेनबाट बनेको विस्फोटक मिश्रण ‘फायरडेम्प’का कारण विस्फोट भएको प्रारम्भिक संकेत रहेको बताए। खानी आंशिक रुपमा भत्किएको थियो र त्यहाँ हाल कुनै सक्रिय आगो नभएको तथा भेन्टिलेसनले राम्रोसँग काम गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell