PahiloPost

Jun 16, 2026 | २ असार २०८३

नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६१० सवारीसाधन कारबाहीमा



रासस

नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६१० सवारीसाधन कारबाहीमा
फाइल फोटो।

काठमाडौं : सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका छ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई शुक्रवार कारबाही गरिएको छ। यस्तै, ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले एक सूचनामार्फत जनाएको छ।

शुक्रवार गरिएको विशेष जाँच अभियानमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell