PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै : अबका दिनमा मौसम सफा रहने



रासस

नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै : अबका दिनमा मौसम सफा रहने

काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। रातिको समयमा देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ।

आइतवार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राजधानी काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ।

झण्डै दुई साता लगातारको वर्षाले काठमाडौंसहित देशका कतिपय स्थानमा चिसो बढेको थियो। पछिल्ला दिनमा घाम लागिरहेकाले तापक्रम पनि स्थिर रहेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम १५ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell