PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु



पहिलोपोस्ट

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

बुटवल : अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका-२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

शुक्रवार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा सारु रुखबाट लडेका थिए। रुखबाट करिब सय मिटर तल खसेर गम्भीर घाइते भएका सारुलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याएकोमा राति ११ बजे उपचारका क्रममा मृत्यु भएको थापाले बताए।

उनीसँगै अरिङ्गाल पोल्न गएका सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना भने सकुशल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell