PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

एथलेटिक्स १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण, एथलेटिक्समा केके भयो?



पहिलोपोस्ट

एथलेटिक्स १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण, एथलेटिक्समा केके भयो?

पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको खेलमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी छिन्। १० हजार मिटर महिला तर्फ श्रेष्ठले नेपाल पुलिसकी राजपुरा पचाइलाई पछि पार्दै स्वर्णपदक जितेकी हुन्। सन्तोषीले ३६ मिनेट १२.३६ मिनेटमा दौड पुरा गर्दै च्याम्पियन बनिन्।

त्यस्तै आजै सम्पन्न १०० मिटरतर्फको दौडमा लुम्बिनीकी निशा चौधरीले १२.१३ सेकेन्डमा पुरा गर्दै कीर्तिमान बनाइन्।

सटपुट पुरुषतर्फ आर्मीका तिलक विकले १२.८५ मिटर प्रहार गर्दै स्वर्ण जिते। दोस्रो स्थानमा आर्मीकै चित्रबहादुर वली रहे।

सटपुटतर्फ पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जित्दा लुम्बिनीकी संगिता अधिकारी दोस्रो भइन्। १५ सय मिटर पुरुषमा आर्मीका मुकेश पाल प्रथम तथा एपीएफका अजित यादव दोस्रो भए। १५ सय मिटर महिलामा एपीएफकी फुलमती राना प्रथम हुँदा आर्मीकी सरस्वती भट्टराई दोस्रो भइन्।

त्यस्तै १०० मिटर पुरुषमा एपीएफका शिवराज पार्कीले आर्मीका युवराज विकलाई पछि पार्दै स्वर्ण जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell