PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कीर्तिमान सुधार गर्दै नासीरलाई स्वर्ण, लामाले तोडिन् गौरिकाको कीर्तिमान



पहिलोपोस्ट

कीर्तिमान सुधार गर्दै नासीरलाई स्वर्ण, लामाले तोडिन् गौरिकाको कीर्तिमान
तस्बीर : एनएसजेएफ गण्डकी

पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपाली सेनाका नासिर याह्या हुसेनले २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्। नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन्। यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन्।

दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए। सापकोटाले १६ मिनेट ५७.९५ को समयमा दूरी पार गरेका थिए। उनले रजत पदक प्राप्त गरे। तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे। उनले कास्य पदक प्राप्त गरे।

यस्तै पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन्। उनले २०० मिटर ब्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनेट ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन्। यो उनले हिट चरणमा कायम गरेको समय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell