PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

साइक्लिङमा आर्मीको सानदार सुरुवात: डाउनहिल विधाको महिला र पुरुष दुबै विधामा स्वर्ण



पहिलोपोस्ट

साइक्लिङमा आर्मीको सानदार सुरुवात: डाउनहिल विधाको महिला र पुरुष दुबै विधामा स्वर्ण
तस्बीर : एनएसजेएफ गण्डकी

पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा सम्पन्न साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैमा नेपाल आर्मीका खेलाडी स्वर्ण जितेका छन्।

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन्। त्यस्तै वाग्मती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दुरी पुरा गरि कास्य पदक जित्न सफल भएका छन्।

महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन्। रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन्। खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दुरी पुरा गरेकी थिइन्। त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्न सफल भइन्।

डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, वाग्मती प्रदेश र नेपाल आर्मीले १/१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १/१ कास्य पदक जित्न सफल भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell