PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

‘सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ’ भन्दै धादिङमा एक होटल सञ्चालकसँग पैसा ठगी



रासस

‘सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ’ भन्दै धादिङमा एक होटल सञ्चालकसँग पैसा ठगी

मलेखु : सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन्। पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रवार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्।

महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर होटल सञ्चालक सेती गुरुङसँग ११ हजार रुपैयाँ नगद लिएर गायब भएको होटल सञ्चालक सीता गुरुङले बताइन्।

शुक्रवार ती व्यक्तिले छोडेको झोला शनिवार दिउँसो खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ। सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पुर्‍याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै ११ हजार रुपैयाँ लिएर गएको होटल सञ्चालक गुरुङले जानकारी दिइन्।

सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell