PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु



रासस

भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

दमक : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिवार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका-९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell