PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

ताइवान एकीकरणका लागि आवश्यक परे बल प्रयोग गर्ने राष्ट्रपति सिको चेतावनी



पहिलोपोस्ट

ताइवान एकीकरणका लागि आवश्यक परे बल प्रयोग गर्ने राष्ट्रपति सिको चेतावनी
Photo: REUTERS

चिनियाँ राष्ट्रपति सि चिनफिङले ताइवानको प्रश्न चीनको आन्तरिक मामिला भएको भन्दै चीनभित्रैबाट समाधान हुनुपर्ने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ कंग्रेसमा रिपोर्ट प्रस्तुत गर्दै उनले ताइवानको एकीकरण अवश्यम्भावी भएको बताउँदै आवश्यक परे सबै उपाय तथा बलहरुको प्रयोग गरिने बताए।

उनले ताइवानको मामिलामा समस्या समाधानका लागि चीनसँगै दुवै तर्फबाट नागरिकसँग मिलेर काम गर्न चाहेकोसमेत बताए। जलडमरु क्षेत्रका जनताको समृद्धि र विकासका लागि काम गर्ने उनको भनाइ थियो। साथै, त्यहाँका राष्ट्रवादीसँग मिलेर चिनियाँ संस्कृतिको प्रवर्द्धनका लागि काम गर्ने बताए।

उनले ताइवान मामिलामा वाह्य हस्तक्षेप अस्वीकार्य भएको बताए। चीन सँधै अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको भन्दै उनले चीन सँधै एकाधिकारवादको विपक्षमा रहेको बताए।

उनले भने, ‘चीन कहिल्यै पनि एकाधिकारवादको पक्षमा छैन। चीन कहिल्यै विस्तारवादी स्वार्थको पक्षमा छैन।’ सीपीसीका महासचिव सिले चीनसँगै अल्पविकसित देशको विकासमा साथमा रहेको बताए।

उनले एक राष्ट्र दुई प्रणालीको नीति चिनियाँ विशेषतासहितको समाजवादको महान अन्वेषण भएको बताए। उनले यसले हङकङ र मकाउ मातृभूमिमा फर्किएपछि उनीहरुको समृद्धिले देखाएको बताए।

उनले हङकङ र मकाउको आर्थिक विकास तथा जनताको जीवनस्तर सुधार गर्नका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell