PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त



रासस

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो।

प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरे।

 

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भएपछि सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए। उनको आज बिहान ७:०९ बजे निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए। अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिएपनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell