
काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको छ। ललितपुरस्थिक किस्ट मेडिकल कलेजमा श्रद्धाञ्जलीका लागि उनको शवलाई राखिएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय सत्यमोहन जोशीलाई २४ दिन अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज उनको मृत्यु भएको थियो।
जोशीको शवलाई अस्पताल परिसरमा राखिएपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिनेछ। त्यहाँबाट उनको शवलाई फेरि अस्पताल लगिनेछ।
जोशी र उनकी श्रीमती राधादेवीले मरणोपरान्त आफ्नो शरीर किस्ट अस्पताललाई दान गर्ने घोषणा गरेका थिए। आफ्नो जीवनसाथीलाई अन्तिम श्रद्धाञ्जली दिन राधालाई अस्पताल ल्याइएको छ।
शरीर दान गर्ने भएकोले अन्तिम संस्कार कसरी गर्ने भन्नेबारेमा परिवारबिच छलफल चलिरहेको छ।