PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

नवौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म नेपाल प्रहरीलाई १० स्वर्ण



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म नेपाल प्रहरीलाई १० स्वर्ण

काठमाडौंः नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल २४ पदक प्राप्त गरेको छ।

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्योक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, टेबल टेनिसमा २ स्वर्ण, पौडीमा ४ कास्य, तेक्वान्दोमा ४ स्वर्ण र १ रजत तथा करातेमा १ स्वर्ण र २ कास्य गरी कुल २४ पदक प्राप्त गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell