PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु



पहिलोपोस्ट

क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु
प्रतीकात्मक फोटो

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बिहान भएको क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका क्रममा एक खेलाडीको मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो।

आइतवार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए।

ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ उडान भइरहेको समयमा अचानक खसेको थियो। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell