PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सत्यमोहनको महाप्रस्थान : ललितपुर पुगेर प्रधानमन्त्री देउवादेखि प्रचण्डले दिए श्रद्धाञ्जली

सत्यमोहनको महाप्रस्थान : ललितपुर पुगेर प्रधानमन्त्री देउवादेखि प्रचण्डले दिए श्रद्धाञ्जली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको परिसरमा राखिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय सत्यमोहन जोशीलाई २४ दिन ललितपुरस्थित किस्ट मेडिकल कलेजमा लगिएको थियो। उपचारकै क्रममा आज उनको निधन भएको हो।

आज बिहान जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यसपछि उनको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको कार्यालय परिसमा राखिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले महानगरपालिका कार्यालय पुगेर जोशीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विभिन्न राजनीतिक दलका नेताहरु पनि महानगरपालिका कार्यालय पुगेका छन्। मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कलाकार लगायत स्थानीयले कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

श्रद्धाञ्जली पछि जोशीको शवलाई फेरि अस्पताल लगिनेछ। जोशी र उनकी श्रीमती राधादेवीले मरणोपरान्त आफ्नो शरीर किस्ट अस्पताललाई दान गर्ने घोषणा गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell