काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ। पर्यटन मन्त्रालयले बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट गृह मन्त्रालयले बिदा दिने निर्णय गर्ने जनाइएको छ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले विदा दिने तयारी गरेको पुष्टि गरेका हुन्। सो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरिसकेको पनि उनले बताए।
'बिदा दिने पक्का हो। अब भोलि दिने कि पर्सी दिने भन्ने निर्णय गर्न बाँकी छ,' मन्त्री श्रेष्ठले भने। यद्यपि, सार्वजनिक विदा भने सम्भवत पर्सी (मंगलवार) दिने तयारी भएको जनाइएको छ।
ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। उनको १०३ वर्षको उमेरमा निधन भएको हो।