PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

आफ्नो फोन नम्बर दिँदै ओनसरी घर्तीको घोषणा : दुई वर्षमा जोरपाटी-साँखु सडक बनाउन नसके राजीनामा



पहिलोपोस्ट

आफ्नो फोन नम्बर दिँदै ओनसरी घर्तीको घोषणा : दुई वर्षमा जोरपाटी-साँखु सडक बनाउन नसके राजीनामा

काठमाडौं : नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं -२ की उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भए दुई वर्षभित्र जोरपाटी-साँखु सडक निर्माण गर्ने घोषणा गरेकी हुन्।  सत्ता गठबन्धनले उम्मेदवारको परिचय गराउन आयोजना गरेको कार्यक्रममा उनले दुई वर्षमा सडक बनाउन नसके प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणासमेत गरेकी छिन्। 

जोरपाटी साँखु सडकखण्ड निर्माण हुन नसक्दा स्थानीयले पटकपटक आन्दोलन गर्दै आइरहेका छन्।

यस्तै, उनले आफ्नो घोषणामा 'कृषि तथा वन विज्ञान कलेज बनाउने पनि बताइन। 'कृषि तथा वन विज्ञान कलेज नाङ्लेबारीमा पहल कदमी भइरहेको छ। सञ्चालनमा ल्याउन पहल गर्ने छु,' उनले भनिन। 

ओन्सारीले महिलाको लागि आफू सधैँभरी लडेको भन्दै थप भनिन्, 'म दिदी बहिनीको कार्यमाऽ महिला समुदायको समस्यामा सदैव लडिरहेको छु।'

कार्यक्रमका क्रममा उनले आफ्नो सम्पर्क नम्बर पनि सार्वजनिक गरेकी थिइन। सो नम्बरमा २४ घण्टै आफूलाई फोन गर्न सकिने उनले बताइन्। साथै घर्तीले आफूले म्यासेन्जरमा पनि आफू मतदातासँग जोडिने बताइन्।

'एक कल गर्नुस म्यासेन्जरमा म्यासेज गर्नुस,' उनले भनिन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell