PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

जोशीलाई राष्ट्रिय सम्मान दिइने, सार्वजनिक विदाको विषयमा छलफल



पहिलोपोस्ट

जोशीलाई राष्ट्रिय सम्मान दिइने, सार्वजनिक विदाको विषयमा छलफल

काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई  राष्ट्रिय सम्मान सहित श्रद्धाञ्जली दिने भएको छ।

गृह मन्त्रालयले केही समयअघि मात्र राष्ट्रिय सम्मानको साथ श्रद्धाञ्जली दिन प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ।' राष्ट्रिय सम्मान दिनको लागि हामीले प्रहरीलाई पत्रचार गरिसकेका छौं,' गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले भने।

स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय सत्यमोहन जोशीलाई २४ दिन ललितपुरस्थित किस्ट मेडिकल कलेजमा लगिएको थियो। उपचारकै क्रममा आज उनको निधन भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले जोशी पार्थिव शरिरमा नेपालको झण्डा ओडार श्रद्धाञ्जली दिएका छन्।

जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ। पर्यटन मन्त्रालयले बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट गृह मन्त्रालयले बिदा दिने निर्णय गर्ने जनाइएको छ। विदाको विषयमा छलफल भइरहेको गृहका सहसचिव पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell