A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699a6506102c53.23708151): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699a6506102c53.23708151,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699a650610edc3.43951077): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699a650610edc3.43951077,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699a6506150e41.08281161): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699a6506150e41.08281161,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बलियो विषयवस्तुको फितलो प्रस्तुति हो फिल्म ‘दुई नम्बरी’
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

बलियो विषयवस्तुको फितलो प्रस्तुति हो फिल्म ‘दुई नम्बरी’



लक्ष्मी बलायर

बलियो विषयवस्तुको फितलो प्रस्तुति हो फिल्म ‘दुई नम्बरी’

वन्यजन्तुको सिकार गर्नु छिरिङ (दयाहाङ राइ) र हिमाल (सौगात मल्ल) को पुर्ख्यौली पेशा हो। बाल्यकालदेखिकै मिल्ने साथी उनीहरु त्यही कामको बिडो थाम्दै अघि बढ्दैछन्।

तर, वन्यजन्तु मार्न सरकारले प्रतिबन्ध लगाएपछि लाइसेन्स भएका उनीहरुको बन्दुक प्रयोगविहीन छन्। भनौं, उनीहरुको पुर्ख्यौली पेशा नै संकटमा छ जसकारण उनीहरुलाई जीवन धान्नै गाह्रो हुँदै गएको छ। त्यसैले उनीहरु लुकीछिपी वन्यजन्तुको सिकार गर्छन्।

बाधाअवरोधबिच उनीहरु आफ्नो ‘दुई नम्बरी’ पेशालाई निरन्तरता दिन सक्छन् वा सक्दैनन्? यी प्रश्नहरुको जवाफ पाउन भने फिल्म ‘दुई नम्बरी’ नै हेर्नुपर्छ।

वन्यजन्तुको चोरी सिकारीको विषयलाई उठान गरेको यो फिल्म यिनै दुई साथीहरुको वरिपरि घुमेको छ। यससँगै फिल्ममा प्रेम कथा पनि समावेश छ। फिल्ममा छिरिङको प्रेमिकाको रुपमा उगेन छोदेन र हिमालको प्रेमिकाको रूपमा बालिका (उपासना सिहं ठकुरी) छिन्।

वन्यजन्तुको संरक्षणको मुद्दालाई महत्व दिएर धेरै नेपाली फिल्म बन्दैनन्। दिपेन्द्र लामाले नेपाली फिल्म क्षेत्रमा नौलो र महत्वपूर्ण विषयको उठान गरेका छन्। तर, फिल्मको प्रस्तुतिमा उनी चुकेका छन्। फिल्ममा वन्यजन्तु तस्कर र प्रहरीबिच हुने संघर्ष, यो पेशामा संलग्न समुदायको अवस्थालाई पेस गर्न सकिएको छैन।

फिल्म समीक्षक हुँदै फिल्म लेखन र निर्देशनमा होमिएका दिपेन्द्रको यो चौथो फिल्म हो। ‘घामपानी’देखि फिल्मक्षेत्रमा आएका उनीले यो फिल्म ‘बिकाउन’ मात्रै बनाएको झै लाग्छ।

मनोरञ्जन रुचाउने दर्शकलाई फिल्ममा रुची लाग्ला तर कन्टेन्ट र प्रस्तुतीकरण पनि खोज्दै सिनेमा हल पुग्ने दर्शकका लागि फिल्मले निराशाबाहेक केही दिँदैन। निर्देशक आफैँले धेरैपटक फिल्मको कन्टेन्ट र प्रस्तुतिमा प्रश्न उठाएका छन्। अहिले फिल्म हेरेर उनी आफैले ‘२ नम्बरी’लाई चाहिँ समीक्षक बनेर कति कति नम्बर देलान्?

फिल्ममा दयाहाङ र सौगातको ‘केमेस्ट्री’ भने रमाइलो छ। दयाहाङ र सौगातको मित्रतालाई राम्रोसँग प्रस्तुत गर्नु फिल्मको सुन्दर पक्ष नै हो। फिल्मभर भएका कमेडी संवादले पनि दर्शकलाई बाँधिराख्छ। फिल्मको छायाङ्कनको पाटो पनि राम्रै छ।

यस फिल्मको कोरोनाअघि नै छायाङ्कन सुरु भएको थियो। तर, कोरोनाका कारण सुटिङ रोकियो। पछि सुरु भएको सुटिङको १० प्रतिशत छायाङ्कन पूरा भइसकेको थियो।

फिल्मका अभिनेता पल शाह नै पक्राउ परेपछि उनको स्थानमा सौगात भित्रिएका थिए। यस्तै, कलाकार जयानन्द लामाको पनि यसबिच निधन भयो। अनि फिल्म फेरि सुरुदेखि नै छायाङ्कन गर्नुका साथै स्क्रिप्ट पनि बढल्नु पर्‍यो। त्यसकारण पनि फिल्मको प्रस्तुति कता नमिलेको जस्तो आभाष हुन्छ।

भुटानी नायिका उगेन छोदेनको यो डेब्यु नेपाली फिल्म हो। उनले आफ्नोतर्फबाट राम्रो प्रयास गरेकी छिन्। फिल्ममा बालिकाको भूमिकामा देखिएकी उपासनाको अभिनय पनि सुहाउँदो छ। तर, दयाहाङको अभियन भने पुरानै शैलीको हुँदा दर्शकलाई ‘बोर’ लाग्न सक्छ। त्यस्तै, सौगातको अभिनय ‘लाउड’ सुनिन्छ। उनले बोल्नेदेखि हास्ने शैलीहरु नाटकिय लाग्छ।

यस्तै, फिल्ममा सौगात र उनको भाइबिच वियोगान्त दृश्यमा पनि हाँसो लाग्छ। फिल्ममा सम्बन्ध स्थापित गर्न पनि निर्देशक चुकेका छन्। कथा र पटकथा फिल्मको मेरुदण्ड हो। तर, कथा र पटकथा अस्पष्ट हुँदा फिल्म २ नम्बरी ‘कमसल’ फिल्म बनेको छ। धेरै कथाहरु समेट्न खोज्दा फिल्मको कथा नै खिचडी बनेको छ।

त्यस्तै, फिल्ममा बुद्धि तामाङलाई ‘एन्टोगोनिस्ट’को रुपमा देखाइएको छ। तर, उनको पात्र कमजोर हुँदा फिल्ममा द्वन्द्व नै स्थापित हुन सक्दैन। फिल्ममा भद्धा कमेडी र दुईअर्थी संवाद प्रयोग गरेर दर्शकलाई जबर्जस्ती हँसाउन खोजिएको छ। यसर्थ, दर्शकलाई मनोरञ्जनमात्रै दिन खोज्दा फिल्मको कथा नै मरेको छ।

फिल्मको सुरुवातदेखि नै दयाहाङलाई सौगातको सिकार खेल्न सिकाउने गुरुको रुपमा चित्रण गरिएको छ। तर, उगेनको प्रवेशसँगै दयाहाङको सिकारी स्वभाव परिवर्तन हुँदै जान। फिल्ममा दुई जनाको प्रेम देखाए पनि त्यसलाई प्रस्तुत गर्न निर्देशक चुकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell