PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

पुष्प र साम्राज्ञीको फिल्म ‘मारुनी’ लाई उत्कृष्ट फिल्मको अवार्ड



पहिलोपोस्ट

फिल्म ‘मारुनी’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौँ एभरेस्ट नेपाली फिल्म अवार्ड’मा पुनम गौतम निर्मित यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको हो। अवार्डको लागि पुनम अमेरिका पुगेकी थिइन्।

फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन्। समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्मले दर्शक र समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो।

पुनमले अवार्ड जितेसँगै भनिन्–‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ। हामी, चाडै नै अर्को फिल्म बनाउने तयारीमा छौँ। पक्कै पनि जुरी, आयोजक र  दर्शकबाट पाएको प्रतिक्रियाले काममा जोस मिलेको छ।’

फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ। पुनमले आफूहरूले ‘मारुनी’ २ को विषयमा पनि विचार गरिरहेको बताइन्। ‘मारुनी’ ले उत्कृष्ट अवार्ड जितेको दोस्रो पटक हो। यसअघि यो फिल्म ‘डी सिने अवार्ड’मा पनि उत्कृष्ट साबित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell