PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

गण्डकीका अमृतले स्क्वासमा जिते स्वर्ण



पहिलोपोस्ट

गण्डकीका अमृतले स्क्वासमा जिते स्वर्ण
Photo: NSJF Gandaki

पोखरा: गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन्। फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते। उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे। दोस्रो सेटमा ८–११ ले गुमाउँदा तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे। तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते।

दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गर्दा वाग्मतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते।

पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए। उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell