PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

चौथो पटक आफूलाई जिताउन प्रकाशमानले मागे मत, चुनावी नारा : केन्द्रमा प्रभाव, क्षेत्रमा विकास



पहिलोपोस्ट

चौथो पटक आफूलाई जिताउन प्रकाशमानले मागे मत, चुनावी नारा : केन्द्रमा प्रभाव, क्षेत्रमा विकास

काठमाडौंः काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह चुनावी प्रचार प्रसारमा लागेका छन्। सिंहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चुनावी प्रचारको नारा समेत सार्वजनिक गरेका थिए।

'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास' भन्ने नारा सहित जनताको घरमा भोट माग्न जाने उनले बताए। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर १ वाट विजयी भएर सिंह सांसद बनेका थिए। लगातार उनी तेस्रो पटकसम्म सोही क्षेत्रमा विजयी भइसकेका छन्।

पहिलो संविधानसभादेखि नै मतदाताले विश्वास गरेर आफूले जित निकालेको उनले बताएका छन्। पत्रकार सम्मेलनमा सिंहले भने,' पहिलो संविधान सभादेखि नै मतदाताले विश्वास गरिन्जेल जहाँ पनि चुन्छन्। कि त प्रतिनिधिले नै विश्राम लिनुपर्‍यो। मैले ह्याट्रिक जित निकाले। मैले विकासमा कुनै कसर बाँकी राखेको छैन। त्यसैले मलाई चुनिरहेका छन्। मतदाताले म माथि विश्वास गरेकाले म जितिरहेको छु।'

१६५ क्षेत्रको निर्वाचन महत्त्वपूर्ण भए पनि सबैको ध्यान काठमाडौं १ मा गएको उनको दाबी थियो। उनी उपप्रधानमन्त्री समेत बनेका थिए। संविधानको रक्षाको लागि काँग्रेसको जित आवश्यक भएको नेता सिंहको तर्क थियो।

१६ रोपनीभन्दा बढी अनधिकृत रुपमा होल्ड गरेका जमिनमा पार्कदेखि खुल्ला ठाउँ बनाउने, शिक्षामा प्रविधिसँग काम गर्ने, बेरोजगारीलाई रोजगारी सृजना गर्ने, वडामै ल्याबसहितको मेडिकलदेखि डाक्टरसम्मको व्यवस्था गर्ने उनको चुनावी घोषणा गरेको छ।

नेता सिंहसँग नेकपा एमालेका उम्मेदवार किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत उम्मेदवार चुनावी दौडमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell