PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

चुनावपछि को बन्ला प्रधानमन्त्री? प्रकाशशरण भन्छन् : पहिला त जित्नुपर्‍यो, हामी केही बोल्दैनौं



पहिलोपोस्ट

चुनावपछि को बन्ला प्रधानमन्त्री? प्रकाशशरण भन्छन् : पहिला त जित्नुपर्‍यो, हामी केही बोल्दैनौं

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भावी प्रधानमन्त्रीका बारेमा केही नबोल्ने बताएका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले प्रधानमन्त्री बन्नका लागि गठबन्धनको साथ चाहिने बताए। प्रधानमन्त्रीबारे बोल्ने अहिले समय नै नभएको महतको तर्क छ। कांग्रेसमा प्रधानमन्त्रीको आकांक्षीको लर्को लागेको विषयमा महतले भने, 'कांग्रेसमा अत्यधिक स्वतन्त्रता छ बोल्न। पहिले त जित्नुपर्‍यो नि। धेरै सिट ल्याउनुपर्‍यो। अनि गठबन्धनको साथ चाहियो। समय आएकै छैन। समय आएपछि को कसरी प्रधानमन्त्री बन्ने भन्ने कुरा आउँछ,' महतले भने। 

कांग्रेसकै नेतृत्वमा सरकार

उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धेरै नबोल्ने तर खुरुखुरु काम गर्ने नेता भएको भन्दै प्रशंसा गरे। बोलेरमात्रै समस्याको समाधान नहुने भन्दै उनले काम गर्नु आवश्यक भएको बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका बेला पार्टी प्रवक्ताको यस्तो धारणा आएको हो। चुनावपछि पनि सरकार भने नेपाली कांग्रेसकै बन्ने उनको भनाइ थियो। 'सरकार कांग्रेसकै नेतृत्वमा बन्छ,' उनले भने। ।

तर गठबन्धनका कारण नेपाली कांग्रेसले सबै ठाउँमा उम्मेदवारी नदिएको उनको भनाइ छ। 'गठबन्धनका कारण धेरै ठाउँमा हाम्रा उम्मेदवार छैन। कतिपयलाई टिकट दिन सकिएन,' उनले भने। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताइरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीका लागि आकांक्षी भएको धारणा बेला बेलामा सार्वजनिक गरिरहेका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमा गठबन्धनले काँग्रेसलाई ९१, माओवादीलाई ४७, एकीकृत समाजवादीलाई २०, लोसपालाई ५ र जनमोर्चालाई २ सिट दिइएको छ। 

'काखापाखा लगाउने काम भएको छैन'

नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाए लगतै कांग्रेसमा देउवा र शेखर कोइराला पक्षबिच लफडा भएको थियो। आफ्ना समूहका नेताहरुलाई उपेक्षा गरेर उम्मेदवार नबनाएको भन्दै कोइराला पक्षले पार्टी कार्यालयमा धर्ना सम्मका दबाबमुलक कार्यक्रम गरेको थियो। उक्त सूचि देउवा इतरको आग्रहमै संशोधन भएपछि विवाद समाधान भएको थियो। प्रवक्ता महतले पनि उम्मेदवार चयनमा काखापाखा नभएको दावी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell