PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

म्यादी बन्न पुस अप देखि रनिङसम्म : भृकुटीमण्डपमा यसरी चलिरहेको छ प्रशिक्षण

म्यादी बन्न पुस अप देखि रनिङसम्म : भृकुटीमण्डपमा यसरी चलिरहेको छ प्रशिक्षण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको तालिम जारी छ। देशभर बिहानै म्यादी प्रहरीको तालिम हुन्छ।

काठमाडौंका १४ वटा वृतमा तालिम भइरहेको छ। भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा पनि ११७ जना म्यादी प्रहरीको तालिम चलिरहेको छ।

असोज ३१ देखि सुरु भएको तालिम कात्तिक ८ गतेसम्म हुनेछ। निर्वाचनका लागि देशभरबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको छ।

सातवटै प्रदेशबाट म्यादी प्रहरीको लागि २ लाख ३३ हजार १०९ जनाको आवेदन परेको थियो। जसमा ६० हजार ५८७ जना महिला थिए।



ट्रेन्डिङ पोस्ट

Ncell