PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान



रासस

आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान
फोटो : रासस।

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो। निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन्। लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन्।

सो स्पर्धामा सशस्त्र प्रहरीको एपीएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन्। नवौं राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो। यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell