PahiloPost

May 23, 2025 | १० जेठ २०८२

३० दिन भित्र व्यवसाय दर्ता गराउन काठमाडौं महानगरको अल्टिमेटम



पहिलोपोस्ट

३० दिन भित्र व्यवसाय दर्ता गराउन काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरुलाई  ३० दिन भित्र आफ्नो व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

महानगरले मंगलबार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको हो। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३० दिनको अल्टिमेटम दिएको छ।

‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ।,’ सूचनामा उल्लेख छ।

महानगरले दिएको समयभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने चेतावनीसमेत दिएको छ।

यस्तै, महानगरले आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/७३ लाई आधार वर्षका रुपमा लिएर व्यवसाय कर असुली गरिने जनाएको छ।

पछिल्लो समय काठमाडौं महानगरले फुटपाथ व्यापारमा कडाई गर्दै अनौपचारिक व्यापारमा बन्देज लगाइरहेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell