PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नवौं राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५-५ स्वर्ण



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

काठमाडौं : पूर्वी नवलपरासीमा संचालन भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले हातपारेका छन्। मंगलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान पाँच-पाँच स्वर्ण पदक हात पारेका हुन्।

नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते।

त्यसैगरि सुदूरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।

कुस्तीमा महिलातर्फ विभिन्न १० वटा तौल समूहका खेलमा ५९ महिला खेलाडी सहभागी थिए। कावासोती-१६स्थित थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा सञ्चालन भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र, आर्मी र पुलिसका साथै सात प्रदेशका दश टोलीको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell