PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

फिल्म ‘मीलन’ को ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा



पहिलोपोस्ट

फिल्म ‘मीलन’ को ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा

काठमाडौं : फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मीलन’ को ट्रेलरमा प्रेमदेखि विछोडका कुराहरु समेटिएको छ। फिल्मको ट्रेलरमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापासँग बिचको त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ। यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन्।

निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो फिल्म हो। यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन्।  त्यसैगरि, फिल्मको निर्माताको रुपमा प्रविन थापा रहेका छन्। काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यस फिल्ममा राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell