PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

साथीको सपना पूरा गर्न सगरमाथासम्मको यात्रा : यस्तो छ नेपालमा छायांकन गरिएको 'उचाई' को ट्रेलर



पहिलोपोस्ट

साथीको सपना पूरा गर्न सगरमाथासम्मको यात्रा : यस्तो छ नेपालमा छायांकन गरिएको 'उचाई' को ट्रेलर

काठमाडौं : बलिउड फिल्म 'उचाई' को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा समेत छायाङ्कन गरिएको सो फिल्मको ट्रेलरमा साथीको सपना पूरा गर्न सगरमाथाको यात्रामा आएका वृद्धहरुको कथा देखाइएको छ।

फिल्ममा अमिताभ बच्चन, ड्यानी डेनजोङपा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ। फिल्मको छायाङनका लागि बच्चनबाहेकका मुख्य कलाकार नेपाल आएका थिए। फिल्ममा केही नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ।

राजश्री प्रोडक्सनले निर्माण गरेको सो फिल्मको निर्देशन सुरज बर्जत्यले गरेका हुन्। सो फिल्म यही वर्ष नोभेम्बर ११ मा प्रदर्शन गर्ने तालिका रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell