PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

देउवालाई 'लाइभ डिबेट' मा आउन ओलीको चुनौती



पहिलोपोस्ट

देउवालाई 'लाइभ डिबेट' मा आउन ओलीको चुनौती
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'लाइभ डिबेट'मा आउन चुनौती दिएका छन्।

सामाजिक संजालमा पोस्ट गर्दै ओलीले देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्। ओलीले देउवा र आफूबिच धेरैले एजेन्डामा आधारित बहस हुनुपर्ने मत राखेको समेत बताएका छन्।

'सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाइभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबिच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ,' ओलीले लेखेका छन्।

ओलीले आफू बहसका लागि तयार रहेकफ भन्दै प्रश्न समेत गरेका छन्।

'म त यसका लागि तयार छु, देउवाजी नि ?,' ओलीले देउवालाई चुनौती दिँदे लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell