PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल



पहिलोपोस्ट

सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। ललितपुरमा भएको गठबन्धनको कार्यकर्ता भेलामा उनले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे।

एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र भएको भन्दै उनले भने, 'यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक? यो प्रश्न खडा हुन्छ। अर्को विपक्ष जुन गठबन्धन बनाएका छन्। त्यो पवित्र गठबन्धन होकी अपवित्र गठबन्धन? यहाँ प्राकृतिक, अप्राकृतिक मात्र होइन। यो नेचुरल पनि हो र पवित्र पनि हो। अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ। त्यो अननेचुरल पनि हो। र, अपवित्र पनि हो। हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो,' उनले भने।

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संविधान कुल्चने काम गरेको भन्दै त्यसबाट मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको पनि बताए।  

'जबरजस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए। जुन हिसावबाट मुलुक अधिनायकवादको बाटोमा जाँदै थियो। त्यसको विपक्षमा हामी उभियौं। देशको संविधान जोगायौं,' उनले भने।

राणा शासनविरुद्ध नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेपछि त्यसो व्यवस्था नै धराशायी भएको भन्दै उनले पञ्चायती निरंकुशतालाई पनि यी दुईटा पार्टी मिलेर पराजित गरेको बताए।

'जुन दिन हामीले मिलेर, एकतावद्ध भएर आन्दोलन सुरु गर्‍यौं। यो सफलताको शिखरमा पुग्यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell