PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एमाले अध्यक्ष ओली अस्वस्थ



रासस

एमाले अध्यक्ष ओली अस्वस्थ
फाइल फोटो

दमकः आज दिउँसो गृह जिल्ला झापा आइपुगेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका  छन्।

झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्‍। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए।

तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन ओली झापा आएका हुन्।

अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell