PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

झापाको गौरादहमा गोली चल्यो, अरुलाई गोली हानेपछि आफैंलाई गोली हानेका साहको मृत्यु



पहिलोपोस्ट

झापाको गौरादहमा गोली चल्यो, अरुलाई गोली हानेपछि आफैंलाई गोली हानेका साहको मृत्यु

काठमाडौं झापाको गौरादह नगरपालिका ८ जुरोपानीमा गोली चलेको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ।

आफैंले हानेको गोलीबाट विरेन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

मंगलबार राति साहले आफैंलाई गोली प्रहार गरेका थिए। सोअघि उनले भतिजा हेमराज साहलाई गोली प्रहार गरेका थिए। हेमराज पनि घाइते भएका छन्।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell