PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

डेब्यु प्रतियोगितामै पुलिसको महिला क्रिकेट टोलीलाई स्वर्ण



पहिलोपोस्ट

डेब्यु प्रतियोगितामै पुलिसको महिला क्रिकेट टोलीलाई स्वर्ण
तस्बिर: राखेप

पोखरा: नवौं राष्ट्रिय खेलकुदबाट महिला क्रिकेटमा डेब्यु गरेको नेपाल पुलिसले स्वर्ण पदक जितेको छ। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले अर्को विभागीय क्लव एपीएफलाई पाँच रनले पराजित गर्दै पुलिस डेब्यु प्रतियोगितामै स्वर्ण पदक जितेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८९ रन बनाएको थियो। पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन्। त्यस्तै सम्झना खड्काले २१ रन, कविता जोशीले नटआउट १३ रनको योगदान गर्दा कविता कुँवरले ११ रन बनाइन्। एपीएफका लागि नेरी थापा, इन्दु वर्मा र कप्तान सिता रानामगरले एक एक विकेट लिइन्।

९० रन पछ्याएको एपिएफले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८४ रन मात्र बनायो। एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रन बनाउँदा राजमति ऐरीले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। पुलिसलई जित दिलाउन इश्वरी विष्टले दुई तथा रुबिना क्षेत्री, सगिंता राई र हिरनमयी रोयले एक एक विकेट लिइन्।

यस्तै आज तेस्रो स्थानको लागि भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्दै काश्य पदक जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell