PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

फिचर फोटोग्राफी विधामा पुलित्जर प्राइज पाएकी सन्नालाई भारतले देश छाड्न दिएन, अवार्ड लिन जाँदै थिइन् न्यूयोर्क



पहिलोपोस्ट

फिचर फोटोग्राफी विधामा पुलित्जर प्राइज पाएकी सन्नालाई भारतले देश छाड्न दिएन, अवार्ड लिन जाँदै थिइन् न्यूयोर्क
Photo : The Wire

सन्ना इरशाद मट्टुलाई भारतका अध्यागमन अधिकारीहरुले देश छाड्न रोकेका छन्। पुलित्जर प्राइज विजेता मततो अमेरिकाको न्यूयोकमा आयोजना हुने अवार्ड वितरण समारोहमा सहभागी हुन जाँदे थिइन्। तर दिल्लीबाट न्यूयोर्क जान विमानस्थल पुगेकी उनलाई विमानमा चढ्न रोक लगाइएको हो। 

आफूसँग अमेरिकाको भिसा र विमानको टिकट भए पनि अधिकारीहरुले जान नदिएको उनले सामाजिक संजालमार्फत जानकारी दिएकी छिन्।

यस अघि पनि उनलाई भारतबाट विदेश जान रोक लगाइएको थियो। गत जुलाइमा पेरिस जाने क्रममा पनि उनलाई विमानस्थलमै रोकिएको थियो। पेरिसमा उनी किताब विमोचन र प्रदर्शनीका लागि जाँदै थिइन्।

पीटीआइका अनुसार जम्मू कश्मीर प्रहरीले उनलाई 'नो फ्लाइ लिस्ट'मा राखेको छ। तर उनलाई प्रतिबन्ध लगाइनुपर्ने कारणबारे केही खुलाइएको छैन।

जम्मू कश्मीरलाई आधार क्षेत्र बनाएर स्वतन्त्र पत्रकारित गर्दै आइरहेकी उनलाई सन् २०२२ को 'फिचर फोटोग्राफी' विधामा पुलित्जर पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो। रोयटर्ससँग आबद्ध भएर उनले भारतमा कोरोना भाइरस महामारीको रिपोर्टिङ गरेकी थिइन्। उनले सो बेला गरेको फोटो फिचरका लागि पुतलिजर अवार्ड दिइएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell