PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

सन्दीप अदालतमा हाजिर हुँदै, तेस्रो पटक म्याद थप गर्ने तयारी



पहिलोपोस्ट

सन्दीप अदालतमा हाजिर हुँदै, तेस्रो पटक म्याद थप गर्ने तयारी

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ। नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने हाल हिरासतमा छन्। आज जिल्ला अदालत काठमाडौंबाट सन्दीपविरुद्ध प्रहरीले म्याद थप गर्न उनलाई उपस्थित गराउन लागिएको हो।

मंगलवार सार्वजनिक विदा भएकाले आज उनलाई अदालतमा हाजिर गराएर म्याद थप गर्न लागिएको हो।अनुसन्धान केही बाँकी भएकाले म्याद थप गर्न लागिएको प्रहरीले जानकारी दिएको छ।

यसअघि प्रहरीले सन्दीपलाई दुईपटक अदालतमा उपस्थित गराइसकेको छ। असोज २७ गत अदालतबाट प्रहरीले सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन थप समय दिएको थियो।  

सन्दीपलाई असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।

त्यसपछि विमानस्थल प्रहरीलेल महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो। गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्दैछ। बयानदेखि अन्य प्रमाणहरु समेत संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए।

रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell