PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नवौं राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा, वाग्मतीलाई गण्डकीले उछिन्यो



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा, वाग्मतीलाई गण्डकीले उछिन्यो
म्याग्दीको बेनीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा उपविजेता भएको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी। तस्विर : रासस

काठमाडौं : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ।

आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ। नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरि कूल १०८ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ।

यसैगरि सशस्त्र प्रहरीबलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ। उसले हालसम्म कूल १२० पदक जितेको छ। आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक वाग्मतीलाई पछि पारेको छ। यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको वाग्मती अहिले पछि परेको छ। गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ पदक जितेको छ। वाग्मतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको छ।

सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनएले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ। मधेश प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक ल्याएका छन्।

यसैगरि लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ। कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ।

यही असोज २८ देखि औपचारिक सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते औपचारिक समापन हुँदैछ। प्रतियोगितामा ३६ खेल सञ्चालन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell