PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना : चारजनाको मृत्यु



पहिलोपोस्ट

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना : चारजनाको मृत्यु
प्रतिकात्मक तस्विर

काठमाडौं : ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए। उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो।

ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ।

अध्यक्ष वनेमका अनुसार चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्रयाक्टरमा सवार थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell