PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने



पहिलोपोस्ट

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने
फाइल फोटो

काठमाडौं : आज र भोलि बालबालिकालाई 'भिटामिन ए' र जुकाको औषधी खुवाइने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई 'भिटामिन ए'को क्याप्सुल खुवाइनेछ।

यस्तै, सोही मितिमा १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी पनि खुवाइने मन्त्रालयले जनाएको छ।

औषधी खुवाउन मन्त्रालयले निश्चित स्थान सामुदायिक स्वास्थ्य स्वंयमसेविका खटाएको छ। अभिभावकले आफ्नो छोराछोरीलाई त्यहाँ लगेर औषधी खुवाउन सक्नेछन्। मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell