PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

गण्डकीमा वाग्मतीकी सान सन्तोषी : ५ हजार मिटर दौडमा जितिन् स्वर्ण



पहिलोपोस्ट

गण्डकीमा वाग्मतीकी सान सन्तोषी : ५ हजार मिटर दौडमा जितिन् स्वर्ण
PHOTO NSJF GANDKI

पोखरा : सन्तोषी श्रेष्ठले एथ्लेटिक्सतर्फ ५ हजार मिटरमा स्वर्ण पदक प्राप्त गरेकी छिन्। पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट खेलिरहेकी उनले निर्धारित दुरी १७ मिनेट ५.२९ सेकेन्डमा पार गरेर स्वर्ण जितेकी हुन्।। जारी प्रतियोतामा सन्तोषीको यो दोस्रो स्वर्ण पदक हो।

५ हजार मिटरमा राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जितिन्। यस्तै, आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट ०३ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जितिन्।

१३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता सन्तोषीले यसअघि महिला १० हजार मिटरमा स्वर्णपदक जितिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell