
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सम्पन्न ८ सय मिटर महिलातर्फको दौडमा फूलमति रानाले स्वर्ण पदक जितेकी छिन्। एपीएफकी रानाले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पार गर्दै स्वर्ण जितेकी हुन्।
आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा दौड पुरा गर्दै रजत पदक जितिन्। तेस्रो स्थानमा आर्मीकै रेखा लिम्बु रहिन्। उनले २ मिनेट ३०.४८ सेकेन्डमा निर्धारित दुरी पार गरिन्।
त्यस्तै, ४ सय मिटर हडल्स पुरुषमा आर्मीका रामप्रसाद थारुले ५३.४३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जित्दा दोस्रो स्थानमा आर्मीकै जीवन चौधरी रहे। उनले निर्धारित दुरी ५३.८९ सेकेन्डमा पार गरे।
तेस्रो स्थानमा रहेका एपीएफका निर प्रताप महतोले ५३.९२ सेकेन्डमा दुरी पार गरे।