PahiloPost

Jul 3, 2024 | २० असार २०८१

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ फागुन ५ मा प्रदर्शन हुने



पहिलोपोस्ट

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ फागुन ५ मा प्रदर्शन हुने

काठमाडौं : रामबाबु गुरुङको निर्देशित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी फागुन ५ गते रिलिज हुने पक्का भएको हो।

आफूहरुले फागुन ५ गतेदेखि फिल्म ‘फूलबारी’लाई विश्वव्यापी रुपमै प्रदर्शन गर्न लागेको निर्देशक गुरुङले जानकारी दिए। फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की र मिरुना मगरको अभिनय रहनेछ।

यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन्। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फेमिली ड्रामा जनरामा बन्ने यस फिल्मले अभिभावक र सन्तानबिचको सम्बन्धको कथा भन्नेछ।

यो फिल्म साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘लण्डन टु पेरिस’ र प्रकाश सपुतको ‘परदेशी २’ सँग भिड्नेछ। किनकी यसअघि नै सोही मितिमा यी फिल्महरुले रिलिज डेट तोकिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell