PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरी बन्यो टिम च्याम्पियन



रासस

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरी बन्यो टिम च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ। आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो।

प्रतियोगितामा प्रहरी ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रुपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रह्यो।

त्यस्तै, वाग्मती प्रदेशले १ रजत र २ कास्यसहित तेस्रो स्थान प्राप्त गर्‍यो। प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन्।

आजै सम्पन्न महिला सिङ्गल्सको स्वर्ण पदक नविता श्रेष्ठले हात पारेकी छन्। पदक विजेता श्रेष्ठले ११-८, ११-६, १२-१४, ११-८, ९-११, ६-११, १३-१५ को ३-४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन्।

प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका हुन्। विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार२५ रुपैयाँ पाइन् भने एलिनाले रजत पदक जितिन्। प्रतियोगितामा एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक पाउन सफल बनिन्। यसैगरी, पुरुष सिङ्गल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए।

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११-८, ११-७, ११-९, ६-११, ११-६ को ४-१ सेटले पराजित गरिन्। श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल बनिन् भने रुविनले रजतमा चित्त बुझाउनुपर्‍यो। यसैगरी, नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक प्राप्त गरे। प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पदकविहीन बन्नुपर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell