PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अभाव र अन्योलकै बिच सकियो महिला हक्की, गण्डकीलाई हराउँदै आर्मी च्याम्पियन



पहिलोपोस्ट

अभाव र अन्योलकै बिच सकियो महिला हक्की, गण्डकीलाई हराउँदै आर्मी च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्की खेल सकिएको छ। बुधवार भएको महिला हक्कीको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ।

फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३-० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइ ब्रेकरमा आर्मीको लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ , सीता माया बलले गोल गरे।

त्यसअघि खेलको ९औँ मिनेटमा नेपाल आर्मीको तर्फ सरस्वती तामाङले १ गोल गरेकी थिइन्। त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल गरिन्। खेल १-१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा सकिएको हो।

यस्तै, महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले कास्य पदक जितेको छ। बिहान भएको पहिलो खेलमा सुदूरपश्चिमले २-० को गोल अन्तरले प्रदेश १ लाई हराएको हो। सुदूरपश्चिमका लागि खेलको १०औँ मिनेटमा निलम जोशी र २६औँ मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन्। प्रतियोगितामा सात टिम सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell