PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा



पहिलोपोस्ट

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो।

बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो। गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको भन्दै आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए।

यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई आज छलफलमा बोलाएको थियो। आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको भएपनि मुद्दामा बहस हुन पाएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell