PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रविन्दु, भूकम्प ५.९ म्याग्निच्युडको



पहिलोपोस्ट

सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रविन्दु, भूकम्प ५.९ म्याग्निच्युडको

काठमाडौं : नेपाल र चीनको सीमामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रबिन्दु बनाएर बुधवार दिउँसो भूकम्प गएको छ। भूकम्प ५.९ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

'आजको भूकम्प ५.९ म्याग्निच्युड मापन गरिएको छ। नेपाल चीनको सीमामा सिन्धुपाल्चोक नजिकै गएको हो,' केन्द्रका प्रमुख लोकविजयी अधिकारीले भने।

दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प जाँदा काठमाडौंलगायत यस क्षेत्र वरपरका जिल्लामासमेत धक्का महसुस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell