PahiloPost

Jan 24, 2026 | ११ माघ २०८२

काठमाडौंको ढल्कोमा भारतीय नागरिकले लिएको फ्ल्याटमा भेटियो ४१ लाख रुपैयाँ



पहिलोपोस्ट

काठमाडौंको ढल्कोमा भारतीय नागरिकले लिएको फ्ल्याटमा भेटियो ४१ लाख रुपैयाँ
फाइल फोटो

काठमाडौं : प्रहरीले हुन्डीको कारोबार गरेको अभियोगमा काठमाडौंको ढल्कोबाट भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मंगलवार भारतको हरियणा प्रदेश घर भएका ३७ वर्षीय नवीन गोयाल र कपिलबस्तु कृष्णनगर घर भएका ४५ वर्षीय उमेश महेश्वरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले ढल्कोमा भारतीय नागरिक लिएको फ्ल्याटबाट ४१ लाख ९६ हजार रुपैयाँ फेला पारेको हो। स्रोत नखुलेको रकम हुन्डी कारोबारमा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell