PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, २ जना घाइते



पहिलोपोस्ट

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, २ जना घाइते

कैलाली : बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मस्टा गाउँपालिका-४ स्थित चिउरीमा सुपप्र ०१-००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। दुर्घटनामा परि २ जना घाइते भएका छन्।

बुधवार अपराह्न करिब ४:१५ बजेतिर डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो। उक्त जिप सुर्माको मेला भर्न जाँदै गरेको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलका अनुसार जिप सडकबाट करिब २०० मिटर तल खसेको छ। घटनास्थलमा अहिले उद्धारको काम भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell