A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697c5c4bce88b0.22986312): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697c5c4bce88b0.22986312,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.697c5c4bcecd14.58519911): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.697c5c4bcecd14.58519911,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.697c5c4bd25b19.68800995): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.697c5c4bd25b19.68800995,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

हारेर पनि जितेकी शर्मिला, पहिरो छिचोल्दै २३ घन्टा हिँडेर जो नवौँ राष्ट्रिय खेलमा पुगिन् पोखरा
PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

हारेर पनि जितेकी शर्मिला, पहिरो छिचोल्दै २३ घन्टा हिँडेर जो नवौँ राष्ट्रिय खेलमा पुगिन् पोखरा



रिना थापा

हारेर पनि जितेकी शर्मिला, पहिरो छिचोल्दै २३ घन्टा हिँडेर जो नवौँ राष्ट्रिय खेलमा पुगिन् पोखरा

पोखरा: जंगलको बाटो। पहाडको माटो। अविरल वर्षात्। दलदले माटो खसिरहेको सडक। हिँड्दै गरेको बाटोमा कति बेला ढुङ्गा र माटो खस्छ पत्तो छैन। बाटो तल नदीको सुस्ताहट आफनै गतिमा। शर्मिला रोका मगरलाई पनि आफनो गति समाउनु थियो नदीले जस्तै। पुग्नुपर्ने गन्तव्य थियो उनको पनि। जसलाई न वर्षाले रोक्न सक्यो न त पहाडको पहिरोले। उनको गन्तव्य थियो पोखरा। जहाँ उनी लुम्बिनी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदै थिइन्।

क्रिकेट खेलाडी शर्मिलालाई प्रतियोगिताको लागि छनोटमा पर्छु पर्दिन अन्योल थियो। त्यही अन्योलबीच उनी दशैँ मनाउन दाङ घर पुगिन्। भैरहवामा भएको छनोट खेल खेलिसकेपछि असोज १६ गते घर पुगेकी शर्मिलालाई चाडबाडको मौकामा परिवारसँगको भेटघाटले रमाइलो बनाइरहेको थियो। काठमाडौं बसेर स्नातकोत्तर गरिरहेकी उनलाई पोखरालाई कार्यक्षेत्र बनाएको भाइ र रोल्पामा बस्दै आएकी बहिनीसँग जमघट गर्ने मौका थियो यो।

घर पुगेपछि उनका भाइले रोल्पा जाने प्रस्ताव राखे। दाङ घर भए पनि गृह जिल्ला रोल्पा। नगएको पनि थुप्रै भइसकेको थियो। बहिनी ज्वाइँको घरमा भेट गर्न जाने मौका राम्रो। यता, टिममा पर्छु पर्दिन अन्योल नै भए पनि प्रतियोगिताको लागि पोखरा हिँडी हाल्नुपर्ने हुन सक्छ कि सोच पनि थियो उनमा। त्यसैले भाइलाई नजाने भनिन्। तर, भाइले गएको भोलिपल्टै फर्किहाल्ने भने। भाइलाई रोल्पा जान साथी चाहिएको थियो। अन्तत: भाइको साथी बन्ने सोच बनाइन् शर्मिलाले।

दुबैले यात्रा थाले गृह जिल्लाको। मनमा बेचैनी भने उस्तै थियो शर्मिलाको। यात्रा थालेपछि घन्टी बज्यो फोनमा। फोन थियो क्याप्टेनको। खबर थियो : टिमको नाम आयो। नाम हेर्नु।

छनोट टोलीको 'लिस्ट'मा समावेश थियो उनको नाम।

‘सुलिचौर पुग्दा क्याप्टेनको फोन आयो। टिमको नाम आको छ भन्दै। हेरेँ नाम रैछ। आधा बाटो पुगेपछि थाहा पाएको। आज गइराखेको भोलि टिकाको दिन छ छिटो फर्किन्छु भनेर खबर गरेँ,’शर्मिलाले सुनाइन्।

पोखरा उडिसकेको थियो उनको मन। ज्यान बहिनीको घर तर्फ। जे होस् फोनले भने उनको आधा बेचैनी हटाइदिएको थियो। हटेको बेचैनी पछि खुलेको मौसम र गृह जिल्ला पुग्ने खुसीसँग रमाउँदै पुगिन् उनी बहिनीको घर। बहिनीको घर रोल्पाको सदरमुकाम लिबाङबाट २० किलोमिटर टाढा। बहिनीको गाउँ पेवा पुग्दा रातको ८ बजिसकेको थियो।

अघिसम्म सफा आकाशमा एक्कासी कालो बादल मडारिन थाल्यो। वर्षातले फेरि शर्मिलाको बेचैनी बढाइदियो। चिसो मौसमसँगै उनको मनमा चिसो पस्न थाल्यो। अघिल्लो दिनसम्म चलेको मोबाइलको नेटवर्क पनि मौसमले बन्द बनायो। आएको बाटो बन्द हुन थाले। भोलिपल्ट पहिरोले बाटो विलिन गरायो। फर्किनुपर्ने चिन्ताले सताउन लाग्यो उनलाई। असोज २३ गते रिर्पोटिङ थियो उनको खेलका लागि। पुग्नै पर्ने। हिँड्दै सदरमुकाम लिबाङ झर्ने निधो गरिन्। तर, लिबाङसँग पुग्ने बाटो पनि पहिरोले बगाइसकेको थियो।

‘पानी रोकिएन। जसरी पनि पुग्नु पर्ने। २० गते बिहान हिँड्यौं। गोरेटो बाटोमा बाटो लग्नको लागि माथिबाट खनेको बाटो सबै डाँडामा पहिरो गएको। पहाडको बाटो खसेपछि न माथि जाने ठाउँ हुन्छ न तल झर्ने,’ उनले भनिन्,‘आउने बेला घरको साइडबाट पहिरो खसिसकेको थियो। त्यसमा दौडिएर क्रस गर्‍यौं। डाँडानै खसेको थियो। वरिपरि खोल्सा चढेर एकघण्टा माथि पुग्यौँ। जंगलको भित्र सिस्नो र अल्ल्को घारी जसरी नि पुग्नु थियो माथि चढ्यो।’

अर्को डाँडामा पुगिसकेपछि भने मोबाइलमा नेटवर्क टिप्यो। क्याप्टेनलाई खबर गरिन् आफनो अवस्थाबारे। वैकल्पिक बाटो प्रयोग गरेर भए पनि आउनुपर्ने खबर आयो उताबाट। उसैगरि वैकल्पिक बाटो खोजिन् उनले। तर, त्यता पनि उस्तै। पहिरोले डाँडा सोरेर खोलामा पुर्‍याएछ। कहिल्यै नहिँडेको जंगलको बाटो। छोड्न हिँडेको ज्वाइँ र उता घरकाले अघि बढ्न मानेनन्। चार घन्टा पहिरो छिचोलेर हिँडको बाटो। भाइ र ज्वाइँसँगै फेरि पेवातिरै फर्किइन् उनी।

आत्तिएको मन, जता हेर्‍यो उतै पहिरो। बाटो छैन पुग्ने। हिँडेर जान सकिने विकल्प समेत भएन उनीसँग। बेचैनीमा बित्यो उनको रात। २१ गते बिहान मौसम सुध्रिन थाल्यो। त्यहीँ बेला एकजना व्यक्ति भेटिए बहिनीकै घर छेउमा। आर्मीका रहेछन्। अछाममा २५ गते हाजिरी गराउन जसै जानुपर्ने। उनले अर्को डाँडाबाट हिँड्दै गए पुग्ने बताए। उनकै पछि लागेर भाइ र शर्मिलाले यात्रा लिबाङ पुग्न यात्रा थाले। मौसम सुध्रिए पनि पहिरो जान छोडेको थिएन। बाटोमा पहिरो जाने क्रम चलेकै थियो।

‘उहाँलाई पनि जसरी भए पनि हाजिर गर्न जानुपर्ने। अर्को माथि डाँडा चढेर गोरेटो बाटो राती नै बत्ती बालेर भए पनि लिबाङ पुग्नु छ भन्नुभयो। अंकलको पछिपछि लागेर डाँडा उक्लेर फेरि झरेर पहिरो माथिमाथि हिँड्दै ४ बजे साँझ लिबाङ आइपुगेको हो,’ उनले सुनाइन्।

लिबाङ पुग्दा दाङको घोराही जाने बस पाइएन। भालुबाङसम्म भए पनि पुग्नका लागि काठमाडौँको बस समातिन्। बस हुइकिँदै थियो। उनको मनमा चिन्ता हट्दै। तर, बस कुँदैको पाँच किलोमिटर हुन नपाउँदै रोकियो। अगाडि पहिरोले बाटो बन्द रहेछ। पहिरो कतिबेला खुल्ने अनिश्चित। अनि बस लिबाङ नै फर्कियो। फर्किदै गरेको बसले उनको सपनालाई अँध्यारोतर्फ पुर्‍याउँदै थियो।

प्रतियोगितामा सहभागी हुने उनको कल्पना सपनामा सीमित बन्दै थियो। तर, पुग्नुपर्ने हतारो उनलाई मात्र थिएन। यात्रा थालेका अन्यलाई पनि पुग्नुपर्ने गन्तव्यले सताएको थियो। फर्किंदै गरेको बसमा समूह बन्यो। निर्णय भयो : जीप रिजार्भ गर्ने अनि वैकल्पिक बाटोबाट पुग्ने।

पूर्वको बाटो पहिरोले बन्द भए पनि पश्चिमको होलेरी तर्फको बाटो राम्रै छ भन्ने खबर भयो। रातीको ८ बजे जीप होलेरीको बाटो तर्फ हुइँकियो। तर, यता पनि हाल उस्तै। आधा बाटोबाट अगाडि लाग्न नमिल्ने। प्रहरीले 'रिस्क' नलिन आग्रह गर्‍यो। सबैको सल्लाह अनुसार पहिरो गएको ठाउँसम्म पुग्ने योजना बन्यो। गाडी कुद्न मिल्ने बाटोसम्म जीप पुग्यो। शर्मिला र अन्य टोलीलाई पहिरोको बाटोमा छोडेर जीप फर्कियो। रातीको १२ बजिसकेको। फर्किन शर्मिलाको सपनाले दिएन। अगाडि बढ्नु विकल्प ज्यान बाजीमा राख्ने हिँड्नु थियो। फर्किने होइन अगाडि नै लम्किइन उनी।

‘१२ बजिसकेको थियो। जंगलको बाटो पहाड। पानी परिराखेको दलदले बाटो पहिरो खसिराखेको छ। त्यसमा बत्ती पनि छैन। मोबाइलमा ५ प्रतिशत चार्ज। बाटोमा भेटिएका आर्मीसँगै उहाँहरुको थुप्रै टोली रैछ। आर्मीहरुको हिँडाइमा पछाडि पछाडि। नहिँडौँ जंगल छ तल खोला सुसाइराखेको छ डरैडरले उनीहरुलाई भेटाउँदा मुटु नै फुट्ला जस्तै भयो। त्यस्तो गरेर आएको,’उनले सुनाइन्।

खुट्टा सुनिइसकेको थियो। जुत्ता च्यातिएर खुट्टामा चोट पनि। रातभर लगातार हिँडेपछि बिहान ६ बजे अर्को डाँडामा निस्किए उनी र अन्य टोली। दु:खको समयमा तरकारी बोक्ने गाडी आइपुग्यो। त्यसैमा पछाडि चढेर कोचिँदै घोराही आइपुगिन्। घोराही पुगेपछि आशा पलाएको थियो उनको मनमा। तर, लमही–घोराही सडकखण्ड पनि पहिरोले अवरुद्ध भइसकेको थियो। जसोतसो उनी बुटवल आइपुगिन्। बुटवल पुग्दा साँझ परिसकेको थियो। भोलिपल्ट अर्थात् २४ गते खेल थियो उनको। बिहान ८ बजे मिटिङ। सिधैँ पोखरा आउने गाडी पनि पाइएन सुरुमा। रातीबसमा पोखरा आउनका लागि बस पाइयो। मिटिङ भेट्टाउन पुग्न थियो उनलाई। तर, बसमा फेरि बाटोमा बिग्रियो। दुई घण्टा त्यतै अलमल। जसोतो ढिलै भए पनि उनी बिहान पोखरा आइपुगिन्। पोखरा बसपार्क झरेर उनी सिधैं टिम मिटिङमा पुगिन्।

सोही दिन १ बजे खेल थियो। १२ बजे मैदानमा रिपोर्ट गर्नुपर्ने। एकछिन भए पनि राहतको सास फेर्न पाइन उनले। २३ घण्टाको पहिरो छिचोल्दै लगातारको हिँडाइपछि ४८ घण्टामा पोखरा आइपुगेकी थिइन् उनी क्रिकेट खेल्न। दुखेको शरीर पाएको दु:ख सबै बिर्साइदियो उनलाई क्रिकेटको बलले।

‘जुत्ता लगाउने खुट्टामा चोट थियो हन्डीप्लाष्ट लगाएको घाउ लागेको खेलेको। ग्राउण्डमा पसेपछि त्यतिबेला केही पनि लागेको थिएन। घरमा गाहो भएपनि ग्राउण्ड पुगेपछि केही भएन। मनमा चाहिँ घाउ छ भन्ने मैले बिर्सिहाले,’ हाँस्दै सुनाईन् शर्मिलाले।

 ७औैं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि खेल्न थालेकी हुन् उनले। बलर हुन् उनी। ८औं राष्ट्रिय खेलकुदमा पनि सहभागी भइन् उनी। ९औँमा समेत सहभागी हुनको लागि दु:ख थियो उनको यो। सेमिफाइनलमा पुगेको उनको टिमले सोमबार एपिएफसँग हार व्यहोर्‍यो। यस्तै मंगलबार कास्य पदकको लागि भीडेको उनको टिमलाई वाग्मतीले जित्यो।

खेलमा जीत हार पक्कै हुन्छ। पदक पाउने चाहाने सबै खेलाडीको। खेलप्रतिको लगाव र शर्मिलाको समपर्ण भने पदकभन्दा ठूलो बनिदिएको छ अहिले। जून क्षण उनको लागि पनि जिन्दगी भर लागि सम्झना योग्य बनेको छ।

‘नचिताएको भयो। दु:ख पाइयो। गेमको लागि यो यात्रा यो क्षण जिन्दगी भरिको लागि मेमोरेबल भयो,’ उनले मुस्कुराउँदै भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell