PahiloPost

Jan 24, 2026 | ११ माघ २०८२

रियलले शीर्षमा दोस्रो स्थानको बार्सिलोनासँग बढायो दुरी



पहिलोपोस्ट

रियलले शीर्षमा दोस्रो स्थानको बार्सिलोनासँग बढायो दुरी
Photo: GETTY IMAGES

ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले इल्चेमाथि जित हासिल गरेको छ। जितसँगै रियलले शीर्ष स्थानको दुरी ६ अंकले बढाएको छ।

११औँ मिनेटमा गोल गर्दै फेडेरिको भालभार्डेले रियललाई अग्रता दिलाएका थिए। सो अग्रता ब्योलोन डी’ओर विजेता करिम बेन्जेमाको ७५औँ मिनेटको गोलसँगै दोब्बर बन्यो। मार्को एसेन्सियोले ८९औँ मिनेटमा तेस्रो गोल गरेपछि रियलले आफ्नो अपराजित सुरुवातलाई १०औँ खेलसम्म पुर्‍यायो।

रियलले आइतवार एल क्लासिकोमा जित निकाल्दै प्रतिद्वन्द्वी बार्सिलोनामाथि तीन अंकको अग्रता बनाएको थियो। जाभीको टिमले बिहीवार भिल्लारियलसँगको खेलमा उक्त अन्तर घटाउने अवसर पाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell